Section 74
अध्ययन अनुसन्धान सम्बन्धी व्यवस्था
(१) मन्त्रालयले वन सम्बन्धी कुनै अनुसन्धानात्मक कार्य गर्ने कुनै संस्थालाई अनुसन्धानात्मक कार्यको लागि कुनै वनक्षेत्र उपलब्ध गराउन सक्नेछ।

तर मन्त्रालय मातहतका अध्ययन अनुसन्धान गर्ने निकायहरुको हकमा विभागले वनक्षेत्र उपलब्ध गराउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम वनक्षेत्र उपलब्ध गराइएको संस्थाले वनक्षेत्रको संरक्षण र विकास हुने गरी त्यस्तो क्षेत्र उपयोग गर्नु पर्नेछ।

(३) यस दफा बमोजिम वनक्षेत्र उपलब्ध गराउने र अध्ययन तथा अनुसन्धान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।